underline

मेरो जन्मदिन

Underline

Share:

मेरो जन्मदिन असार १० गते थियाे । मेरो जन्मदिनमा मामा, माइजू, अजा, अजी, दाइ, दिदीहरू, भाइ, बहिनी, नानी आदि सबै जना आउनुभयाे । हामीले मिठो खानेकुरा पकाएर खायाैँ  र केक काटेर मैले सबैलाई भाग लगाएँ । मेराे जन्मदिनमा हामीले घरमा धेरै खेलहरू पनि खेल्याैँ । मेरा मामा माइजू मिलेर एउटा छोटो र मिठो गीत पनि गाउनुभयो । बहिनीले नृत्य देखाई जुन चाहिँ असाध्यै राम्रो थियो । मैले मेरो जन्मदिनको अवसरमा उपहार पनि पाएँ । मलाई सबैजनाले जन्मदिनको शुभकामना पनि दिनुभयो । म मेरो जन्मदिनमा धेरै खुसी भएँ ।

0 reads

Published on 2/11/2021

Image

Niva Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Niva Shrestha

Grade 3

Roll No: 30017

11

More Articles from

Student

Underline