पुस्तक समीक्षाः ‘साहसी साथी’
पुस्तक समीक्षाः ‘साहसी साथी’
शीर्षक: साहसी साथी
लेखक: माधव सयपत्री
कथावस्तु
साहसी साथीको कथा चार सन्तानको वरिपरि घुम्छ । रमा, ललिता, कृष्ण र मधुकर सबै आफ्ना आमाबाबु गुमाएपछि कठिन समयको सामना गरिरहेका छन् । कृष्ण र मधुकर दुवै अहिले टुहुरा छन् । ललिताले आफ्नी आमालाई पहिरोमा गुमाइन् । रामका बुबा युद्धको क्रममा बेपत्ता भए । कठिन परिस्थितिको बाबजुद पनि तिनीहरू डर र निराशालाई बेवास्ता गर्न सक्दो प्रयास गर्छन् । बरु तिनीहरू एकअर्काको साथमा उभिन्छन् र राम्रो भविष्यको आशामा अघि बढ्छन् । तिनीहरूको प्रारम्भिक जीवन कठिनाइ, गरिबी र उपेक्षाले भरिएको थियो तर तिनीहरूको साहस र एकताले तिनीहरूलाई अगाडि बढायो ।
यी चार जना साथीहरूको मित्रता साधारण होइन, यो संघर्षको साझेदारी हो । उनीहरू आफूजस्तै बालबालिकाको दुःख बुझ्छन् र त्यसको समाधान खोज्न सक्रिय हुन्छन् । रमा विद्यालयमा फर्कन धेरै प्रयत्न गर्छे । ललिता स्थानीय निकायमा निवेदन बुझाउँछे । कृष्ण काम गरेर पैसा कमाउँछ तर बेलुका साथीहरूलाई पढ्न सहयोग गर्छ । मधुकर गाउँका ठुला मान्छेसँग कुरा गर्छ र सहकार्य खोज्छ । उनीहरूले बालअधिकार, शिक्षा, सुरक्षाको माग उठाउँछन् । कहिले गाउँपालिका जान्छन्, कहिले शिक्षकसँग छलफल गर्छन्। बारम्बार तिरस्कार, अस्वीकृति र कठिनाइका बाबजुद उनीहरूले हार मान्दैनन् । उनीहरूको मेहनत केवल आफ्नै लागि होइन, समाजका सबै बालबालिकाको जीवन राम्रो बनाउने सपना साकार पार्न हो । उनीहरूको एकता, योजना, र निरन्तर प्रयासले पुस्तकलाई ऊर्जा र प्रेरणाले भरिएको बनाउँछ ।
उनीहरूको संघर्ष व्यर्थ हुँदैन । उनीहरूको साहस, इमानदारी र मेहनतले गाउँमा चेतना फैलिन्छ । शिक्षक, कर्मचारी र समाजले उनीहरूको अवस्था बुझ्न थाल्छन् र बालबालिकालाई सम्मान दिन सिक्छन् । चार साथीहरूको सन्देश स्पष्ट हुन्छ बालबालिकामा पनि विचार, सपना र नेतृत्व गर्न सक्ने शक्ति हुन्छ । ‘साहसी साथी’ केवल बालसाहित्य होइन, यो परिवर्तन ल्याउने कथा हो । बालअधिकार, शिक्षा र मानवताको मूल्यबारे गहिरो सोच दिलाउँछ ।
पात्रहरू
१. मुख्य पात्रहरू
रमा: ऊ साहसी र आत्मनिर्भर गाउँकी बालिका हो । बुबा द्वन्द्वमा बेपत्ता छन् तर उसले शिक्षा र अधिकारका लागि संघर्ष गरिरहेकी छ ।
ललिता: ऊ दृढ निश्चयी र प्रेरणादायी बालिका हो । उसले पहिरोमा आमालाई गुमाएकी छ तर अन्यायको विरुद्ध आवाज उठाउँछे ।
कृष्ण: ऊ चलाख र जीवन बुझाइ भएको बालक हो । अभिभावकविहीन जीवन बिताइरहे पनि शिक्षाको सपना देखिरहेको छ ।
मधुकर: ऊ शान्त स्वभावको तर गहिरो सोच भएकाे केटो हो । ऊ पनि अनाथ हो र साथीहरूलाई एकताबद्ध गर्न प्रेरित गर्छ ।
२. सहायक पात्रहरू
रमाकी आमा: रमाकी आमा पीडित तर मायालु आमा हुन् । उनी पतिको बेपत्तापछि मानसिक पीडामा छिन् तर छोरीलाई साथ दिन्छिन् ।
गाउँका शिक्षक: गाउँका शिक्षक समझदार र दयालु शिक्षक हुन् । उनले बालबालिकालाई शिक्षाको महत्त्व बुझाएर हौसला दिन्छन् ।
गाउँपालिका कर्मचारी: प्रारम्भमा गैर-जिम्मेवार देखिने कर्मचारी । पछि बालबालिकाको अवस्था बुझ्न थाल्छन् र केही सहयोगी बन्छन्।
३. गाैण पात्रहरू
अन्य विद्यार्थीहरू: गाउँका बालक–बालिकाहरू। मुख्य पात्रहरूको साहस देखेर प्रभावित हुन्छन् ।
गाउँका बासिन्दाहरू: गाउँका सामान्य नागरिकहरू । कसैले मुख्य पात्रहरूलाई साथ दिन्छन् भने कसैले चासो नदेखाउने सामाजिक दृष्टिकोण दर्साउँछन् ।
निष्कर्ष
अन्त्यमा, ‘साहसी साथी’ साहस, मित्रता र कडा परिश्रमको प्रेरणादायी कथा हो । राम, ललिता, कृष्ण र मधुकरको यात्रामार्फत पुस्तकले बालबालिकाको अधिकार, शिक्षा र एकताबाट आउने शक्तिको महत्त्वलाई प्रकाश पार्छ । विशाल चुनौती र कठिनाइहरूको सामना गर्दा पनि यी युवाहरूले कडा परिश्रम र समर्थनले केही पनि असम्भव छैन भनेर देखाउँछन् । यो पुस्तकले बालबालिकालाई सही कुराको बारेमा बोल्न र गलतलाई औंल्याउन प्रेरित गर्छ । यसले जीवनका कठिन चरणहरूमा एकअर्कालाई सहयोग गर्ने महत्त्वलाई पनि सिकाउँछ
0 reads
Published on 11/19/2025
Niva Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Niva Shrestha
Grade 8
Roll No: 30017
11
More Articles from
Student