underline

सांस्कृतिक पर्व असार १५

Underline

Share:

नेपाल कृषिप्रधान देश हाे । हाम्राे देशका धेरै मानिसहरू खेतबारीमा व्यस्त रहन्छन् । नेपालको कृषि क्षेत्रले नेपाललाई आर्थिक र सामाजिक दुबै रूपमा धेरै सहयोग गरेको छ तर नेपालका कृषकहरूले धेरै दुःख सहनुपर्छ । जस्तैः राम्रो उत्पादन नहुनु, थाेरै आम्दानी हुनु, समयमा मल र बिउ नपाउनु, उत्पादित वस्तु बिक्री नहुनु आदि । किसानहरूको लागि वर्षमा एक यस्तो दिन पनि छ जुन दिन उनीहरू खेतमा जान्छन्, एक-अर्कासँग रमाउँछन्, माटोमा खेल्छन् र दही चिउरा खान्छन्, यो दिन हो असार १५ । यो दिनमा विशेष गरी कहिले पानीमा भिज्दै, कहिले चर्काे घाममा पसिना बगाउँदै किसान‌हरू खेतमा धानकाे बिउ राेप्छन्, गीत गाउँदै रमाउँछन, धान राेपेपछि चिउरा र मिठो दही खान्छन् । धेरै परिश्रमपछि दही चिउरा खाँदा शीतलता प्रदान हुन्छ । सबै मिलेर दही चिउरा खाँदा किसानहरू बिच एकताको भावना बलियो हुन्छ । असार १५ लाई मानाे राेपेर मुरी फलाउने दिनका रूपमा लिइन्छ । आधुनिक युगमा पनि असार १५ को महत्त्व कम भएको छैन । धान रोप्ने दिनसँग हाम्रो सांस्कृतिक परम्परा जोडिएको छ । हामी सबै नेपालीहरूले यस्ता दिवसहरूको अझ विकास गर्नुपर्छ । नेपालको कृषि क्षेत्रलाई सरकारले पनि अझ महत्त्व दिई संरक्षण गर्नुपर्छ । किसानलाई समय समयमा तालिम दिने, कृषि अाैजारकाे व्यवस्था मिलाइदिने, पशु र बाली बिमा गरिदिने, पानी र सिचाईंको व्यवस्था मिलाइदिने, जस्ता कार्यहरू सरकारले गर्नुपर्छ । किसानहरू धेरै परिश्रमी हुन्छन् । रातदिन खेतबारीमा काम गर्छन् । अन्न, फलफूल, तरकारी, दुध,दही उत्पादन गर्छन् । संसारका सबै मानिसकाे भाेक मेट्ने काम गर्छन् । यस्ता महान् व्यक्तिलाई हामी सबैले सम्मान गर्नुपर्छ ।

0 reads

Published on 6/27/2025

Image

Niva Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Niva Shrestha

Grade 8

Roll No: 30017

11

More Articles from

Student

Underline