मेरी आमा
मेराे नाम निभा श्रेष्ठ हाे । म नाै वर्षकी भएँ । म कालाेपुलमा बस्छु । मेरी आमाकाे नाम निर्मला श्रेष्ठ हाे । उहाँ पैँतिस वर्षकी हुनुभयो । आमाले मलाई संसार देखाइदिनुभयाे । मलाई सानो छँदा खान खुवाउनुभयो । मलाई लुगा लगाइदिनुका साथसाथै धेरै कुराहरू सिकाउनुभयाे । मलाई बुबु पिलाउनुभयाे । आमाले मलाई हात समाएर अक्षर लेख्न सिकाउनुभयो । मेरी आमा नै मेरो पहिलो गुरु हुनुहुन्छ । मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ । उहाँले मलाई बजार घुमाउन लैजानुहुन्छ । मिठाई अनि नाना किनिदिनुहुन्छ । मिठा - मिठा खानेकुरा पकाएर खुवाउनुहुन्छ । मलाई विभिन्न स्थानमा घुमाउन लैजानुहुन्छ म पनि आमालाई धेरै नै माया गर्दछु र ठुलो भएर आमाको धेरै सेवा गर्नेछु।
0 reads
Published on 9/8/2020
Niva Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Niva Shrestha
Grade 3
Roll No: 30017
11
More Articles from
Student