underline

सुसेल्दै छन् मलाई हिमाल

Underline

Share:

हिमाली भेगको चिसो हावा

सुसेल्दै छन्, मला‌ई आफू‌तिर

हार नखाई आइपुगेछु म यहाँ

अन्नपू‌र्ण हिमालको छायामा ।

नेपालकाे छोरी भएकाले होला

ठुला ठुला पर्वतको सामु निडर भएकी

आफ्नो देशमा गर्व गर्दै ती ठुलाठुला हिमाल चढेकी।

पर्वत अन्वेषण गर्ने इच्छा भएको,

सानैदेखि हिमाल अवलोकन गर्ने रहर रहेको ।

माथि हेर्दा अन्नपूर्णको भयङ्‌‌कर रूप

छायामा बस्दा झनै भएँ म उत्सुक

सानै उमेरदेखि हिमाल प्रतिको लगाव

लाग्थ्यो ती हिमालहरूले मलाई बोलाइरहेका छन् ।

यात्रा कठिन हुन्थ्यो

तर उत्सुकताले मेरो सोच भरिन्थ्यो

त्यही सोच लिएर म अघि बढ्थेँ

अन्तिममा आफ्नो उत्सुकताको प्यास मेटाउँथेँ ।

यो यात्रा पनि सजिलो थिएन

तर, अठोटका साथ अघि बढिरहेँ म

यी आँखाले त्यो रमणीय दृष्य हेर्ने सोचले

पुगेँ म अन्नपूर्णको चुचुरामा

अठोट र उत्सुकताकाे प्यास मेटाउन

सुसेल्दै छन् मलाई हिमाल ।।

0 reads

Published on 11/11/2025

Image

Yavna Sharma is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Yavna Sharma

Grade 9

Roll No: 29066

18

More Articles from

Student

Underline