पुस्तक समीक्षा
पुस्तक समीक्षा
पुस्तकको नाम: कमलीको मन
लेखक: जितेन्द्र बस्नेत
चित्राङ्कन: विनिता बुद्धाचार्य
प्रकाशक: काठमाडौँ पब्लिकेसन
‘कमलीको मन’ बालसाहित्यकार जितेन्द्र बस्नेतले लेख्नुभएको राम्रो र प्रेरणादायी बालपुस्तक हो। यस पुस्तकमा कमली नामकी सानी बालिकाको कथा प्रस्तुत गरिएको छ। कमली गरिब परिवारकी भए पनि उनको मन धेरै राम्रो र सफा छ। उनी मेहनती, दयालु र सहयोगी स्वभावकी छिन्।
कमली आफ्नो गाउँका मानिसहरूलाई सकेसम्म सहयोग गर्छिन्। अरूलाई दुःख परेको बेला उनी सहयोग गर्न अघि सर्छिन्। उनी सधैँ सबैसँग राम्रो व्यवहार गर्छिन्। उनको असल बानी र सहयोगी भावनाका कारण गाउँका मानिसहरूले उनलाई धेरै माया गर्छन्। कमलीका आमाबुबाले पनि उनलाई असल संस्कार सिकाउनुभएको छ।
मलाई यस पुस्तकमा कमलीको दयालु र सहयोगी स्वभाव सबैभन्दा मन पर्यो। उनी आफूसँग धेरै कुरा नभए पनि अरूलाई सहयोग गर्न तयार हुन्छिन्। उनको मेहनत र इमानदारिता पनि मलाई राम्रो लाग्यो। पुस्तकमा भएका सुन्दर रङ्गीचङ्गी चित्रहरूले कथा अझ रमाइलो बनाएका छन्। पुस्तकको भाषा पनि सरल र बुझ्न सजिलो छ।
यस पुस्तकबाट मैले सधैँ अरूलाई सहयोग गर्नुपर्छ, सबैसँग राम्रो व्यवहार गर्नुपर्छ र आमाबुबाले सिकाउनुभएको असल कुरा मान्नुपर्छ भन्ने कुरा सिकेँ। मानिस ठूलो हुनका लागि धेरै धनसम्पत्ति होइन, राम्रो मन र असल व्यवहार आवश्यक हुन्छ भन्ने सन्देश पनि यस पुस्तकले दिएको छ।
समग्रमा, ‘कमलीको मन’ मलाई धेरै मन परेको पुस्तक हो। यस पुस्तकले हामीलाई दया, माया, सहयोग र परोपकारको भावना सिकाउँछ। त्यसैले कक्षा ६ का विद्यार्थीहरूले यो पुस्तक पढ्नुपर्छ भन्ने मलाई लाग्छ।
2 reads
Published on 9/18/2026
Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reha Gautam
Grade 6
Roll No: 33015
19
More Articles from
Student
