underline

सामाजिक समस्याहरू

Underline

Share:

सामाजिक समस्याहरू

१. बालविवाह

उमेर नपुगेका बालबालिकाको विवाह गर्ने प्रथालाई बालविवाह भनिन्छ। यो एउटा कुप्रथा हो। यसले बालबालिकाको व्यक्तित्व विकास, शैक्षिक विकास, मानसिक, शारीरिक तथा मनोवैज्ञानिक विकासमा नकारात्मक असर पार्छ।

यसरी हरेक विकासको चरणमा पछि परेका व्यक्तिहरूबाट बनेको समाज पनि पछि पर्न जान्छ। त्यसैले यस कुप्रथाको अन्त्य गर्न जनचेतना, कानुनको प्रभावकारी कार्यान्वयन, शिक्षा तथा सञ्चार माध्यमहरूको महत्वपूर्ण भूमिका हुन्छ। यसबाट समाजलाई प्रगतितर्फ लैजान सकिन्छ।

२. लागू पदार्थ दुर्व्यसन

लागू पदार्थको दुर्व्यसन आजको समाजको एक ठूलो समस्या हो। खराब साथीहरूको सङ्गत, मानसिक तनाव तथा विभिन्न कारणले धेरै युवायुवतीहरू यसतर्फ आकर्षित भइरहेका छन्।

लागू पदार्थको सेवनले मानिसको स्वास्थ्य बिगार्छ, मस्तिष्कलाई कमजोर बनाउँछ र परिवारको आर्थिक अवस्था पनि कमजोर बनाउँछ। यसको कारण समाजमा चोरी, झैँझगडा तथा अन्य आपराधिक गतिविधिहरू बढ्न सक्छन्।

त्यसैले यस्तो समस्याबाट बच्न घर, विद्यालय र समाजबाट सही शिक्षा, सचेतना तथा उचित मार्गदर्शन दिनु आवश्यक छ। साथै, दुर्व्यसनमा परेका व्यक्तिहरूलाई समयमै उपचार र परामर्शको व्यवस्था गर्नुपर्छ।

1 reads

Published on 7/27/2026

Image

Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reha Gautam

Grade 6

Roll No: 33015

18

More Articles from

Student

Underline