पानी
पानी जिउनलाई अपरिहार्य छ । याे हाम्राे शरीरकाे लागि मात्र नभएर कृषि,उद्याेग र वातावरण स्वच्छ राख्नमा पनि आवश्यक छ । पानीले हाम्राे शरीरलाई स्वास्थ्य राख्छ । शरीरकाे तापक्रमलाई नियन्त्रण गर्छ । वर्षा, नदी, ताल र भूमि पानीका स्राेतहरू हुन् । अहिले यी स्राेतहरूमा पानीकाे मात्रा घट्दै गइरहेकाे छ त्यसैले पानीकाे संरक्षण गर्नु आवश्यक छ । पानीकाे चुहावट राेकेर र वर्षाकाे पानी सङ्कलन गरेर हामीले पानीकाे संरक्षण गर्नुपर्छ । पानीकाे प्रदूषणलाई नियन्त्रण गर्नका लागि हामीले फाेहाेर पानीलाई प्रशाेधन गर्नुपर्छ र रासायनिक मल र कीटनाशककाे प्रयाेगलाई कम गर्नुपर्छ ।
0 reads
Published on 6/26/2025
Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reha Gautam
Grade 5
Roll No: 33015
18
More Articles from
Student
