underline

दसैँ

Underline

Share:

दसैँ मैले धेरै रमाइलोसँग बिताएँ । दसैँमा मेरी हजुरआमाले दुर्गा भवानीको कथा पढ्नुभयो । उहाँले जमरा पनि राख्नुभयो । प्रत्येक दिन जमरामा उहाँले पूजा गर्नुभयो । हामीले ती दिनहरूमा मिठा मिठा खानेकुरा खायौँ । हामी सबै परिवारसँग मिलेर सप्तमीको दिन घरमा फूलपाती भित्र्यायौँ । हामी सबैजना मिलेर घरमा निकै रमाइलो गर्‍याैँ । अष्टमीको दिनमा म साथीसँग खेल्न बाहिर गएँ । हामी नवमीको दिनमा बजार घुम्न गयौँ । बजारमा निकै भिड थियो । हामीले त्यहाँ चङ्गा र लट्टाई किन्याैँ । हामीलाई कौसीमा बसेर चङ्गा उडाउन निकै रमाइलो लाग्यो । दशमीको दिन हजुरबुबा र हजुरआमाले सबै परिवारलाई टीका र जमरा लगाइदिनुभयो । हामीले आफूभन्दा ठुलाबडाको हातबाट टीका जमरा लगाएर आशीर्वाद थाप्यौँ ।

0 reads

Published on 2/23/2024

Image

Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reha Gautam

Grade 3

Roll No: 33015

18

More Articles from

Student

Underline