underline

मेरो सानो करेसाबारी

Underline

Share:

थरीथरीका सागसब्जी, तरकारी र फलफूल लगाइने बारीलाई करेसाबारी भनिन्छ । करेसाबारी घरको नजिकै हुन्छ । मेरो घरको पछाडिपट्टि मेरा हजुरबुबा र हजुरआमाले सानो रहर लाग्दो करेसाबारी तयार गर्नुभएको छ । मेरो करेसाबारी हरियो र रहर लाग्दो देखिन्छ । यहाँ धेरै थरिका सागसब्जी तथा तरकारीहरू उम्रिएका छन् । जस्तैः काँक्रो, गोलभेडा, लौका, फर्सी, भिन्नी, करेला आदि । मेरो करेसाबारीमा  आमाले मकै पनि रोप्नुभएको छ । अहिले मकै ठुला भइसकेका छन् । मलाई सबैभन्दा राम्रो त मकै देख्दा लाग्छ ।  मेरी आमाले लौका, काँक्रो र घिरौलाका लहरा झुण्ड्याउनका लागि मालीलाई बोलाएर थाङ्नाे बनाउन लगाउनुभएकाे छ । हाम्रो करेसाबारीमा काम गर्नका लागि आमाले समय समयमा मालीलाई बोलाउनुहुन्छ । मालीले करेसाबारीमा भएका झार उखल्छन् । फलफूलहरू रोप्छन् अनि पानी पनि हाल्छन् । म पनि विद्यालयको छुट्टी भएपछि घर पुगेर सधैँ करेसाबारीमा पानी हाल्ने गर्छु । मलाई मेरो करेसाबारी धेरै मनपर्छ ।

0 reads

Published on 8/23/2024

Image

Sanidhya Tripathi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sanidhya Tripathi

Grade 5

Roll No: 32033

14

More Articles from

Student

Underline