चाडपर्व
नेपाल विभिन्न चाडपर्व भएकाे देश हाे । चाडपर्वले हाम्राे देशकाे संस्कृति,परम्परा,धर्म, भाषा, चालचलन आदिकाे पहिचान दिन्छ । चाडपर्वले एकता, मेलमिलाप,आपसी सहयाेग र सम्बन्ध आदि बलियाे हुन्छ । नेपालम विभिन्न जातजातिकाे बसाेबास भएकाे देश हाे । विभिन्न चाडपर्वहरूले विभिन्न जातजातिकाे धर्म तथा संस्कार झल्काउँछ । हामी कहाँ दसैँ,तिहार,छठ, इद आदि पर्वहरू मनाउने प्रचलन छ । इद र राेजा मुस्लिमहरूले मनाउने पर्व हाे । क्रिस्मस क्रिस्चियनहरूले मनाउँछन् । चाडपर्व मनाउँदा छिमेक वा आफन्त सँग खुसी बाँडिन्छ । धार्मिक,सांस्कृतिक तथा सामाजिक दृष्टिकाेणले पनि चाडपर्वकाे महत्त्व धेरै छ । मलाई चाडपर्व असाध्यै मन पर्छ ।
1 reads
Published on 12/23/2025
Sanidhya Tripathi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sanidhya Tripathi
Grade 6
Roll No: 32033
14
More Articles from
Student
