तातो आलु खेल
मेराे मन पर्ने खेल तातो आलु हो । हामी यो खेल फुर्सदकाे समयमा धेरै चोटि खेल्छौँ । यो खेलमा छिटो छिटो एक व्यक्तिले अर्को व्यक्तिलाई बल वा आलु दिनुपर्छ । त्यहाँ एउटा सङ्गीत बजाइएको हुन्छ । सङ्गीत सकिएपछि जसकाे हातमा बल आउँछ । ऊ हार्छ । जसले खेलमा बल वा आलुलाई जमिनमा खसाल्छ ऊ खेलबाट बाहिरिन्छ । याे खेलमा जित्नकाे लागि छिटाे छिटो बल पास गर्छन् । त्यसैले याे खेलकाे नाम ताताे आलु भएकाे हाे । याे खेलमा अन्तिममा जाे बाँकी हुन्छ उसले जित्छ । यो खेल धेरै जनालाई मन पर्छ । याे खेलले हामीले छिटो छिटो काम गर्नुपर्छ भन्ने शिक्षा दिन्छ । यो खेल खेल्न तीन वा तीनभन्दा बढी व्यक्तिहरू चाहिन्छ तर धेरै मानिसहरूसँग खेल्न अझ रमाइलाे हुन्छ ।
0 reads
Published on 9/20/2023
Sanidhya Tripathi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sanidhya Tripathi
Grade 4
Roll No: 32033
14
More Articles from
Student
