underline

आमाकाे माया सबैभन्दा ठुलाे हुन्छ

Underline

Share:

आमाकाे माया सबैभन्दा ठुलाे हुन्छ

हाम्राे जीवनमा आमाकाे सबैभन्दा ठुलाे महत्व हुन्छ । आमाबिना हाम्राे जिवन अधुराे हुन्छ । संस्ारमा धेरै मानिसहरूले हामीलाई माया गर्छन् तर आमाकाे जस्ताे माया कतै पनि पाइँदैन ।

आमाकाे माया सबैभन्दा साँचाे हुन्छ । आमाले आफ्ना सन्तानलाई निस्वार्थ माया गर्नुहुन्छ । आमाकाे माया निस्वार्थ, पवित्र र अनन्त हुन्छ । आमाकाे मायाले नै सन्तानलाई हाैसला प्राप्त हुन्छ ।आमाले नै सफलताका साथ अगाडि बढ्न सिकाउनुहुन्छ । आमाले सन्तानका लागि जस्ताेसुकै कठिन काम गर्न पनि पछि पर्नुहुन्न । आमा शब्द सबैभन्दा शक्तिशाली हुन्छ । संसारमा धेरै कुरा पैसाले किन्न सकिन्छ तर आमाकाे माया पैसाले किन्न सकिँदैन । आमाकाे मायालाई सन्तानले बुझ्नुपर्छ । नाै महिना पेटमा बाेकेर सन्तानलाई जन्म दिने आमाले सन्तानका लागि खनेकाैँ दुःख कष्ट सहनुहुन्छ ।

सन्तानले राम्राे बानी र अनुशासन पनि आमाबाट नै सिक्छन् । आमाबाट पाएकाे संस्कारले नै असल मानिस बन्न सकिन्छ ।

नाम अक्षिता भट्टराई

कक्षा ७,पुमाेरी

क्रमाङ्क

भविष्यमा के हाेला ?

भविष्यमा के हाेला याे प्रश्न सबै जनाले उनीहरूकाे जिन्दगीमा एकचाेटि त साेचेका हाेलान् । र यी सबैजनाका उत्तरहरू फरक फरक हुन्छन् । काेही ए .आइले संसार बिगारिदिन्छ भन्ने अनुमान गर्छन् त काेही हावापानीकाे परिवर्तनले गर्दा गाह्राे हुने कुरा गर्छन् ।

भविष्यमा ए .आइ धेरै चलाख हुन्छ हाेला । यसले गर्दा ए.आइले मानिसका राेजगारीहरू लिन्छन् हाेला र मानिसलाई राेजगारी पाउन पनि गाह्राे हुन्छ हाेला । ए.आइसँग मानिसभन्दा पनि धेरै ज्ञान हुन्छ हाेला भन्ने तनाब छ । ए. आइबाहेक अरू के के कुरा हुन्छ हाेला ? के थाहा कहिल्यै नमर्ने औषधि पाे बन्ला कि ! कि उड्ने गाडी पाे बन्ला कि ! अहिलेकाे अवस्था हेर्दा त भविष्यमा सफा पानी पिउन पाउन गाह्राे हाेला जस्ताे लाग्छ । वैज्ञानिकहरूका अनुसार अहिले चन्द्रमा पृथ्वीबाट टाढा गइरहेकाे छ । भविष्यमा चन्द्रमा नै हुँदैन कि !

यी सबै कुरा हुन पनि सक्छ नहुन पनि सक्छ । के हुन्छ भन्ने कुरा अहिले नै निश्चित त छैन । भविष्यकाे बारेमा चिन्तित भएर बस्नुभन्दा हामीले अहिले नै भविष्यलाई सकारात्मक रूपमा परिवर्तन गर्न सकिने किसिमका काम गर्नुपर्छ ।

नेपालमा वसभिन्न जातिका मानिसहरू बसाेबास गर्छन् । विभिन्न जातजातिले मनाउने चाडपर्वहरू पनि धेरै छन् । ती विभिन्न चाडपर्वमध्ये ल्हाेसार पनि एउटा पर्व हाे । याे पर्व विशेष गरी तामाङ,शेर्पा र गुरुङ समुदायले मनाउने गर्छन् ।

0 reads

Published on 7/16/2026

Image

Sanidhya Tripathi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sanidhya Tripathi

Grade 7

Roll No: 32033

14

More Articles from

Student

Underline