कृष्ण जन्माष्टमी
कृष्ण जन्माष्टमी मेरो सबैभन्दा रमाइलो दिन हो । यो दिन कृष्ण भगवानको खास दिन हो । कृष्णाष्टमीमा हामी घुम्न जान्छाैँ । कृष्ण जन्माष्टमीभगवान् विष्णुकाे आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाइने वार्षिक पर्व हो। कृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् ।कृष्ण जन्माष्टमीमामन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ। जन्माष्टमीमा पाटनकाे मङ्गलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठुलो मेला लाग्छ। भारतमा समेत विभिन्न समुदायका हिन्दु धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन्। हामी त्यस दिनमन्दिर जान्छाैँ । भगवानको दर्शन गर्छौं र मिठा मिठा खानेकुरा खान्छाैँ । कृष्णाष्टमी हामी तिथिअनुसार मनाउँछाैँ । यो दिन केटाहरू कृष्ण बन्छन् । केटीहरू राधिका बन्छन् । यो दिनमा हामी कृष्णलाई मन पर्ने कामहरू जस्तै: बाँसुरी बजाउने र दही खाने गर्छाैँ ।
0 reads
Published on 1/31/2024
Sanidhya Tripathi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sanidhya Tripathi
Grade 4
Roll No: 32033
14
More Articles from
Student
