underline

ऋतु

Underline

Share:

ऋतु भनेको पृथ्वीमा समयसमयमा परिवर्तन हुने मौसम हो जस्तैः गर्मी, वर्षा, बादल, हावाहुरी र चिसो आदि सबै परिवर्तनशील छन् । पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्ने हुनाले नै ऋतुहरू परिवर्तन हुन्छन्। जसले गर्दा नै हामीले गर्मी, जाडो, वर्षा, बाढी, पहिरो, हिमपातको अनुभव गर्न सक्दछौँ। ऋतुहरू छवटा हुन्छन्। जुन यस प्रकार छन् वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त शिशिर हुन् । सबै ऋतुहरू दुई/ दुई महिनामा परिवर्तन हुन्छन् र प्रत्येकका आफ्ना आफ्ना विशेषताहरू हुन्छन् । वसन्त ऋतुमा दुई महिना चैत वैशाख पर्दछ । वसन्त ऋतुमा बोटबिरुवामा नयाँ पात पलाउँछन् । जताततै हरियाली हुन्छन । फूलहरू फूल्छन् । मौसम ठिक्कको हुन्छ न धेरै गर्मी न धेरै जाडो नै हुन्छ । वर्षा थोरै थोरै हुने हुनाले मौसम पनि रमाइलो हुन्छ। ग्रीष्म जेष्ठ र असार महिनामा पर्छन् । यी दुई महिनामा अधिकतम तापक्रम हुने हुनाले हामीले प्रशस्त पानी पिउनुपर्छ। हल्का पातलो कपडा लगाउनुपर्छ। हिँड्डुल धेरै गर्नु हुँदैन । शीतल छहारीमा बस्नुपर्छ। वर्षा ऋतु साउन भदौ महिनामा पर्दछ । यी दुई महिनामा अत्याधिक वर्षा हुने हुनाले सावधानी अपनाउनुपर्छ किनभने यस मौसममा ठाउँ ठाउँमा बाढी पहिरो आउन सक्छ। नेपालीहरूको मुख्य बाली धान यही मौसममा रोपिन्छ। शरद असोज कार्तिक महिना पर्दछ । यी दुई महिनामा चारैतिर फूलहरूको बास्ना र हरियालीले वातावरण स्वच्छ र सुन्दर हुन्छ। यही ऋतुमा नेपालीहरूको महान चाड दसैँ पर्दछ । हेमन्त मङ्सिर र पुस महिनामा पर्दछ । यस ऋतुमा चिसो हावा चल्छ र घामको राप मधुरो हुन्छ। शिशिर ऋतु माघ फागुन महिनामा पर्दछ। यो ऋतुमा रुखबिरुवाका पात झरेर सबै नाङ्गा भएका हुन्छन्। चिसो हावा चल्न चल्छ र लुकलुक काम्ने जाडाे हुन्छ ।

0 reads

Published on 9/2/2025

Image

Aarshika Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarshika Poudyal

Grade 4

Roll No: 34041

19

More Articles from

Student

Underline