पशुपतिनाथ दर्शन
पशुपतिनाथ मन्दिर हिन्दुहरूको मुख्य तीर्थस्थल हो । जहाँ भगवान शिवको पूजा अर्चना गरिन्छ । पशुपतिनाथ मन्दिर काठमाडौँको बागमती नदी किनारमा अवस्थित छ । यो मन्दिर प्यागाेडा शैलीमा निर्माण भएको छ । मन्दिरमा सुनका गजुर र चारवटा चाँदीका कलात्मक ढोकाहरू रहेका छन् । मन्दिरको अगाडि ठुलो बसाहा रहेको छ । त्यहाँ सूर्य भगवान, गणेश भगवान, कृष्ण र भैरवको मन्दिरका साथै अरू भगवानका मूर्तिहरू पनि रहेका छन् । मन्दिरमा पूजा अर्चना गर्न दक्षिण भारतबाट आउनुभएकाे पुजारी राखिएकाे छ । उहाँलाई मूलभट्ट भनिन्छ । शिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा ठुलो मेला लाग्छ । त्यस दिन हजारौँ तीर्थालुहरूले भगवानको दर्शन गर्छन् र व्रत बस्छन् ।
0 reads
Published on 6/27/2025
Aarshika Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarshika Poudyal
Grade 4
Roll No: 34041
19
More Articles from
Student