गणतन्त्र दिवस
गणतन्त्र भन्नाले जनताद्वारा चुनिएर आएको जनप्रतिनिधिले राज्यको प्रमुख भएर शासन व्यवस्था चलाउनुलाई भनिन्छ । राष्ट्रप्रमुख, राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री आदि सबै जनताद्वारा निर्वाचित भएका हुन्छन् । नेपालमा वि.सं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन हो। नेपालमा हरेक वर्ष जेठ १५ गते राष्ट्रिय पर्वको रूपमा गणतन्त्र दिवस मनाइन्छ । गणतन्त्रले पुरानो राज्य व्यवस्थालाई हटाएकाे छ । नेपालको प्रथम राष्ट्रपति रामवरण यादव हुन् भने हालको राष्ट्रपति श्री रामचन्द्र पौडेल हुन् । यो वर्ष हामी सत्रौँ गणतन्त्र दिवस मनाउँदैछौँ । यो दिन सातवटै प्रदेशमा दीप प्रज्ज्वलन, खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाइन्छ । त्यसैगरी काठमाडौँको टुँडिखेलमा नेपाल सैनिकले राष्ट्रप्रमुखको उपस्थितिमा विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाउने गरिएको छ।
0 reads
Published on 5/29/2024
Aarshika Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarshika Poudyal
Grade 3
Roll No: 34041
19
More Articles from
Student