underline

परिवारको अमूल्य साथ

Underline

Share:

परिवारको अमूल्य साथ

सधैँ साथ रहने अमूल्य नाता,

जस्तोसुकै अवस्थामा पनि पवित्र साथ।

सुख–दुःख जे भए पनि,

कहिल्यै नटुट्ने परिवारको यो सम्बन्ध।

परिवार त्यो सानो संसार हो,

जहाँ माया र ममता अपार हुन्छ।

अप्ठ्यारो बेला, दुःख र कष्टमा पनि

परिवारले कहिल्यै हाम्रो साथ छोड्दैन।

जब यो संसारले मलाई बुझ्दैन,

मेरो परिवारले नै मलाई बुझ्छ।

आँसु खस्दा त्यसलाई मुस्कान बनाउँदै

फेरि उठ्न सिकाउँछ।

परिवार नै मेरो पहिलो पाठशाला हो,

जहाँ मैले संसारको कदर सिकेँ।

साथ दिने शक्ति यहीँबाट मिल्छ,

परिवार नै जीवनको आधार हो।

परिवार बिना रात अन्धकार जस्तै हुन्छ,

परिवार बिना जीवन सुनसान हुन्छ।

जीवनका धेरै शिक्षा दिने

यही परिवारको साथ अमूल्य हुन्छ।

सधैँ साथ रहने अमूल्य नाता,

जस्तोसुकै अवस्थामा पनि पवित्र साथ।

सुख–दुःख जे भए पनि,

कहिल्यै नटुट्ने परिवारको यो सम्बन्ध।

0 reads

Published on 3/17/2026

Image

Darshana Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Darshana Khadka

Grade 7

Roll No: 31048

18

More Articles from

Student

Underline