underline

सम्पतिभन्दा स्वास्थ्य ठुलाे

Underline

Share:

स्वास्थ्य नै हाम्राे सबैभन्दा ठुलाे धन हाे । हामी स्वास्थ्य रह्याैँ भने मात्र खेल्न, पढ्न र सम्पति कमाउन सक्छाैँ । स्वास्थ्य भएन भने हामी भविष्यमा सफल हुन सकिँदैन । हामी अस्वस्थ्य भयाैँ भने हामीसँग भएकाे सम्पति सबै नाश हुन्छ र हामी काम गर्नुभन्दा थला परेर बस्नुपर्छ । सम्पति भयाे अनि स्वस्थ्य भएन भने भएकाे सम्पतिकाे के काम ? हामी स्वास्थ्य नै हुन सकिएन भने त्याे सम्पति उपचारमा मात्रै त जाने हाे । राेग भनेकाे सबैकाे ठुलाे शत्रु हाे । यसले धनी गरिब भनेर छुट्याउँदैन । हामी स्वास्थ्य भयाैँ भने मात्र हामीसँग भएकाे सम्पतिकाे उचित प्रयाेग हुन्छ । धेरै सम्पति भएर मानिसहरूले बाहिरकाे खाना खाएर बिरामी हुन्छन् र उपचार गर्दा सम्पति नाश हुन्छ । स्वास्थ्य भयाैँ भने मान, धनसम्पति सबै कमाउन सक्छाैँ । निराेगी भयाैँ भने मात्र राम्ररी पढ्न र आफ्नाे भविष्य उज्यालाे बनाउन सकिन्छ ।

0 reads

Published on 9/14/2024

Image

Darshana Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Darshana Khadka

Grade 6

Roll No: 31048

18

More Articles from

Student

Underline