underline

मेराे पाेखरासम्मकाे यात्रा

Underline

Share:

२ बर्ष अगाडि बैशाखमा फुपू, फुपाजु (भिनाजु) र दुईजना भान्जी दिदीसँग म पोखरासम्मको यात्रामा गएकी थिएँ । त्यसै दिन हामी बिहान छिटो उठ्‌यौँ, नित्यकर्म सकायौँ अनि चिया नास्ता खाएर हाम्रो यात्रा सुरु गर्याैँ । दिदीहरू र म नयाँ नयाँ ठाउँ हेर्न र घुम्न निकै उत्साहित थियाैँ । बाटोमा हामीहरूले धेरै गीत पनि गायौँ । हाम्रो गाडी एउटा होटलमा गएर रोकियो । त्यहाँ हामीले खाजा खायौँ । खाजा खाइसकेपछि हामीले यात्रा सुरु गर्याैँ । बाटोमा हामीले हिमाल र पहाड देख्यौँ । हरिया वनजङ्‌गल ,खोला र नदी पनि देख्यौँ । मुग्लिनमा गएर हामीले खाना खायौँ । हामी फेरि हाम्राे यात्रामा लाग्यौँ । वरिपरिका रमाइला दृश्य हेर्दै, गीत गाउँदै हामी नेपालको पर्यटकीय सहर पोखरा पुग्याैँ ।पोखरा साँच्चै सुन्दर सहर रहेछ । त्यहाँ विभिन्न ठाउँबाट मानिसहरू घुम्न आएका थिए । भोलि उठेर पोखराका महत्वपूर्ण ठाउँहरू घुमौँला भन्दै हामी एउटा होटलमा खाना खाएर सुत्यौँ । काठमाडाैँदेखि पोखरासम्मको मेरो यात्रा निकै रमाइलो भयो ।

0 reads

Published on 9/21/2023

Image

Darshana Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Darshana Khadka

Grade 5

Roll No: 31048

18

More Articles from

Student

Underline