फूलको जीवन
फूलको जीवन
बिहानीको पहिलो किरणसँगै
मुस्कुराउँछन् फूलहरू।
हावा लाग्दा हल्का–हल्का हल्लिन्छन्,
मानौँ रमाइरहेका जस्ता ती फूलहरू।
हरेक फूल फरक हुन्छन्,
विभिन्न रङ र प्रकारका हुन्छन्।
रातो, निलो, पहेँलो, सेतो,
र अझै धेरै रङका फूलहरू।
मिठो सुगन्ध फैलाउँदै
सबैलाई खुशी दिन्छन्।
माता धरतीलाई सजाउँछन्,
हावामा सुगन्ध छरिन्छ।
बगैँचाभरि फूलै फूल,
हेर्दा सुन्दर, मनै लोभ्याउने।
किरा–फट्याङ्ग्रा र पन्छीहरूलाई
प्रकृतिको अद्भुत सृष्टि लाग्ने।
श्रद्धाको चिनो बन्छन् ती फूलहरू,
मन्दिरमा चढाइन्छन् भक्तिभावले।
मालामा गाँसिएर ती फूलहरू
भगवानका लागि उपहार बन्छन्।
यो ईश्वरको सानो कलाकृति,
मानिसको कल्पनामा सजिन्छ।
सानो भए पनि त्यो फूल
सबैको प्रिय साथी बन्छ।
केही दिनपछि ओइलिन्छन् फूलहरू,
प्रकृतिको नियम यही रहेछ।
ती सुन्दर फूलहरूको जीवन पनि
हामीजस्तै रहेछ।
पहिले जन्मिन्छन्,
त्यसपछि फक्रन्छन्।
केही समयपछि फेरि
ओइलाएर झर्छन्।
जीवन पनि यस्तै रहेछ, मित्र !
जन्मिएपछि एक दिन मर्नु नै पर्छ।
माटोसँग गहिरो सम्बन्ध भएको यो फूल
अन्ततः माटोमै मिसिन्छ।
आफ्नो सुन्दरता फैलाएर
संसारलाई खुशी दिने
यो ईश्वरको सानो
तर अद्भुत कलाकृति हो।
0 reads
Published on 3/11/2026
Darshana Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Darshana Khadka
Grade 7
Roll No: 31048
18
More Articles from
Student