म सधैँ तिम्रो साथ दिने छु
अरूलाई सम्हाल्दै जाँदा
मेरो मनमा थपिन्छन् अनगिन्ति पीडा
म त दिदी हुँ
सबै कुरा बुझनुपर्छ
सम्हाल्ने काम मेरो हो
तिमी मुस्कान सँगै अघि बढ
भन्थे दिदी त बलियो
मेरा आँसु कस्ले देख्यो ? कस्ले बुझ्यो ?
तर मभित्र लुकेकाे पीडा कसैले महसुस गरेको छ ?
म बाबाआमाको भरोसा
भाइबहिनीको दोस्रो आमा
राेयाै भने तिम्रो आँसु म पुछिदिन्छु
सपना पूरा गर्न साथ दिन्छु
मैले तिमीलाई सधैँ समात्ने छु
म तिम्रो सपना पूरा गरिदिने छु
तिम्रो सपना पूरा गर्न सधैँ साथ दिने छु
सधैँ साथ दिने छु ।
1 reads
Published on 6/5/2026
Darshana Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Darshana Khadka
Grade 8
Roll No: 31048
18
More Articles from
Student