प्रकृति र म
प्रकृति र म
प्रकृति मेरी आमा हुन् र म उनको सानो सन्तान
घामको न्यानो स्पर्श हावाको मिठो सुस्केरा
चराहरूको मधुर गीतले मेरो जीवन सुन्दर बनेको छ
प्रकृतिले मलाई सास फेर्न हावा, पिउने पानी र बाँच्ने शक्ति दिन्छ
रुखबिरुवाले छायाँ र अक्सिजन दिन्छ
पहाडले जीवनलाई सन्तुलनमा राख्छ
आज मानिसका कारण प्रकृति दुःखी छिन्
त्यसैले म भन्छु प्रकृतिलाई रक्षा गर्नु हामी सबैको कर्तव्य हो
म सानो भएपनि रुख रोप्छु पानी बचाउने छु
पृथ्वी सफा राख्नेछु किनकि प्रकृति मुस्कुराइन् भने म मुस्कुराउँछु
म र मेरो भविष्य उज्यालो हुनेछ ।
0 reads
Published on 2/24/2026
Aadhya Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Sipkhan
Grade 2
Roll No: 36002
10
More Articles from
Student