काठमाडौँ
काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो । यस उपत्यकामा काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन प्रमुख सहरहरू छन् । काठमाडौँ उपत्यकामा रहेका सात युनेस्को विश्व सम्पदा स्थलहरूले विश्वसामु नेपाललाई चिनाएका छन् । जस्तैः काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भुनाथ, बौद्धनाथ स्तुपा, पशुपतिनाथ मन्दिर र चाँगुनारायण मन्दिर । काठमाडौँ उपत्यका प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ। जस्तैः नगरकोट, चन्द्रागिरी डाँडा, नागार्जुन, जरसिंह पौवा, शिवपुरी राष्ट्रिय निकुञ्ज, फूलचोकी डाँडा आदि । काठमाडौँ उपत्यकामा नेवारी समुदायको कला, जात्रा र पर्व प्रचलित छन् । हामीले हाम्रो सुन्दर काठमाडौँको संरक्षण गर्नुपर्छ।
0 reads
Published on 6/22/2026
Aadhya Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Sipkhan
Grade 3
Roll No: 36002
12
More Articles from
Student