underline

पदयात्रा

Underline

Share:

पदयात्रा

पौष २२ गते शुक्रबार म विद्यालयबाट सूर्यविनायकदेखि गुण्डुसम्मको पदयात्रामा गएकी थिएँ। यो कार्यक्रम हाम्रो विद्यालयले आयोजना गरेको थियो। बिहान हामी सबै विद्यार्थीहरू विद्यालयमा भेला भयौँ। त्यसपछि हाम्रो पदयात्रा सुरु भयो। हामी सिफल हुँदै कोटेश्वर र गठ्ठाघर पार गर्दै अघि बढ्यौँ। बाटोमा धेरै घर, पसल र गाडीहरू देख्यौँ। साथै हरियाली वातावरणले यात्रालाई अझ सुन्दर र रमाइलो बनाएको थियो। यस पदयात्रामा कक्षा दुईका सबै विद्यार्थीहरू सहभागी भएका थिए। शिक्षक–शिक्षिकाहरूले हामीलाई सावधानीपूर्वक हिँड्न सिकाउनुभयो र बाटोभरि हाम्रो राम्रोसँग ध्यान राख्नुभयो। साथीहरूसँग कुरा गर्दै, हाँस्दै र रमाइलो गर्दै हिँड्दा यात्रा झन् आनन्ददायक भयो। सूर्यविनायकदेखि गुण्डुसम्म पुग्दा म धेरै खुसी भएँ। यस पदयात्राबाट मैले स्वास्थ्यका लागि हिँड्नु धेरै राम्रो हुन्छ भन्ने कुरा सिकेँ।

1 reads

Published on 7/24/2026

Image

Aadhya Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Sipkhan

Grade 3

Roll No: 36002

12

More Articles from

Student

Underline