underline

रङ्गीन नेपाल

Underline

Share:

नेपाल मेरो फूलको गुच्छाे

जनजाति मिलेर बनेको थलाे

हिमाल पहाड तराईको सान

भाषा र संस्कृति सबैको मान

तराईमा धानको सुनौलो लहर

पहाड मकै र भटमासले हरर

हिमालमा याकको मनमाेहक चाल

सगरमाथा बोल्छ म हुँ नेपाल

ढाका टोपी गुन्यु चोली

फागुपूर्णिमा रङ्गको होली

दसैँ आयो जमरा ल्यायो

तिहारले दीपको ज्योति छायो

ल्हाेसारमा नाच्छन् गाउँभरि

माघेसंक्रान्तिमा तिलकाे लड्डु पेटभरि

हाम्राे एकता हाम्राे गर्व

रङ्गीन नेपाल सधैँ अर्ब

0 reads

Published on 2/16/2026

Image

Aadhya Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Sipkhan

Grade 2

Roll No: 36002

10

More Articles from

Student

Underline