underline

मेराे परिवार

Underline

Share:

मेराे परिवार सुन्दर छ । मैले परिवारसँग मिलेर धेरै काम गरेकी छु। म आमासँग मिलेर भान्सामा खाना पकाउँछु । आमालाई गाेलभेडा र आलु काट्न सहयोग गर्छु । म भाँडाहरू जस्तैः गिलास, कचौरा र चम्चा मिलाएर राख्छु । म बुबाआमासँग मिलेर कोठा सफा गर्छु । म कुचो लगाउँछु। सबैजना मिलेर कोठा सफा गर्दा रमाइलो हुन्छ । म आफ्नो लुगा आफैँ मिलाएर दराजमा राख्छु । म बगैँचामा फूल रोप्ने र त्यसमा पानी हाल्ने काम गर्छु । बुबाले मलाई बिरुवामा मल हाल्न दिनुहुन्छ । मल बिरुवाको जरामा हाल्छु। बगैँचामा फूलहरू रङ्गीचङ्गी हुने भएकाेले मलाई त्यहाँ काम गर्न रमाइलो लाग्छ । म बुबाआमासँग तरकारी किन्न जान्छु । मलाई तरकारी बजार जान रमाइलो लाग्छ । म पाहुनाहरू घरमा आउनुभएको बेला असाध्यै खुसी हुन्छु । म पाहुनालाई खाजा र गिलासमा पानी दिन्छु । Encouragement: Sindhu Poudel

0 reads

Published on 12/15/2025

Image

Aadhya Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Sipkhan

Grade 2

Roll No: 36002

8

More Articles from

Student

Underline