किताब
किताब
मेरो एउटा मिल्ने साथी छ
थाहा छ मलाई ऊ अन्त्यसम्म मेरो साथमा हुनेछ
दिन होस् या रात
ऊ कहिल्यै मेरो नजरबाट बाहिर हुँदैन
कहिल्यै दुःखी वा निराश हुँदैन
ऊ मैले पाएको सबैभन्दा राम्रो चीज हो
जब म रिसाउँछु
उसलाई देखेर खुसी हुन्छु
उसले मलाई सधैँ नयाँ कुराहरू सिकाउँछ
उसले दिएकाे ज्ञानले नै मेराे प्रगति हुन्छ ।
कहिलेकाहीँ सुत्दा म सोच्छु
मैले उसलाई अँगालो हालूँ कि मेरी आमालाई
याे मेरो साथी हाे, खेलौना होइन
यो मेरो किताब हो जसले मलाई धेरै आनन्द दिन्छ ।
0 reads
Published on 6/15/2026
Aayan Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aayaan Rai
Grade 8
Roll No: 31006
17
More Articles from
Student
