यसपालिको दसैँ
दसैँ नेपालीहरूको महान पर्व हो । दसैँमा दुर्गा माताको पूजा गरिन्छ । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । त्यसदिन मेरो बुबाले दुर्गापूजा गर्नुभयो र जमरा छर्नुभयो । बुबाले बिहान सधैँ दुर्गा पाठ गर्नुहुन्थ्यो र म चाहिँ जमरामा पानी हाल्थे । दसैँमा मलाई मेरा आमा बुबा र मामाले टीका लगाइदिनुभयो । जमरा लगाई दिएर आशीर्वाद पनि दिनुभयो । मैले दक्षिणा पनि पाएँ । हामी त्यसदिन धुलिखेल पनि घुम्न गयौँ । हामीले धेरै रमाइलो गर्याैँ । यसपालिको दसैँ मेरो रमाइलोसँग बित्यो ।
0 reads
Published on 2/16/2021
Aayan Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aayaan Rai
Grade 2
Roll No: 2030006
12
More Articles from
Student