नेपालकाे आर्थिक विकासमा कृषिकाे भूमिका
नेपालकाे आर्थिक विकासमा कृषिकाे भूमिका
नेपाल कृषिप्रधान देश हो। यहाँका अधिकांश मानिसहरूको पेशा कृषि हो। हिमाल, पहाड, तराई सबै क्षेत्रका मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिसँग जोडिएका हुन्छन्। नेपालमा विशेष गरी धान, मकै, गहुँ, कोदो, तरकारी, फलफूल, चिया, कफी, अदुवा, अलैँची आदि विभिन्न कृषि उत्पादन गरिन्छन् । त्यसैले नेपालको आर्थिक विकासमा कृषिको ठुलो भूमिका रहेको छ । हाम्रो देशमा थुप्रै मानिसहरूलाई रोजगार प्रदान गर्ने पेशा नै कृषि हो। व्यापार गरेर अर्थतन्त्र बलियो बनाउनलाई पनि कृषि नै आवश्यक छ । प्रकृतिले पनि नेपाललाई कृषिप्रधान देश बन्नका लागि सहयोग गरेको छ। खेतीयोग्य थुप्रै जमिन प्रदान गरेको छ।
कृषि त सबै क्षेत्रमा हुन्छ तर विशेष गरी ग्रामीण क्षेत्रमा भने अझै बढी कृषि हुने गरेको पाइन्छ । ग्रामीण क्षेत्रका मानिसहरूको त मुख्य र एकमात्र स्रोत नै कृषि हो । कृषि गर्दा किसानहरूको आम्दानी बढ्छ र जीवनस्तरमा सुधार आउँछ। आधुनिक प्रविधिको प्रयोग गरी सिँचाइ र कृषिलाई अझ प्रभावकारी बनाउन सकिन्छ । यसो गर्न सकिएन नेपालको अर्थतन्त्र अझ बलियो हुन्छ। सम्पूर्ण राष्ट्रको विकासका लागि पनि कृषि नै महत्त्वपूर्ण छ। कृषिबाट सबै खाने र लाउने पदार्थहरू उत्पादन गरिने गरिन्छ उद्योग धन्धा गर्नका लागि कच्चा पदार्थ पनि कृषिबाट नै प्राप्त गरिन्छ। कृषिबाट कच्चा पदार्थ उत्पादन गरिन्छ र त्यसलाई उद्योगमा लगिन्छ। । त्यही कच्चा पदार्थहरूको प्रयोग गरी उद्योगबाट केही सामान उत्पादन गरिन्छ। त्यसरी नै उद्योग धन्दा पनि कृषिसँग सम्बन्धित छन् । उद्योग चलाएर आम्दानी गर्नका लागि पनि कृषि नै आवश्यक पर्छ। विदेशी मुद्रा कमाउने प्रमुख स्रोत पनि कृषि नै हो। यहाँबाट चिया, कफी, फलफूल आदि निर्यात गरेर आम्दानी गरिने गरिन्छ। कृषिले नेपालको खाद्य सुरक्षामा पनि प्रमुख भूमिका निर्वाह गरेको छ । देशभित्र नै पर्याप्त खाद्यान्न उत्पादन गर्न सकिएमा विदेशबाट ल्याउनुपर्ने आवश्यकता हुँदैन। देशको पैसा विदेश जानबाट बचत हुन्छ। साथै, कृषि पर्यटनको विकासमा पनि सहयोग पुर्याउन सक्छ। गाउँका खेतीपाती, पशुपालन र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर किसानले थप आम्दानी गर्न सक्छन् तर नेपालको कृषि प्रणालीमा थुप्रै चुनौतीहरू र समस्याहरू आइलागेका छन्। नेपालको कृषि क्षेत्रमा सिँचाइको अभाव, परम्परागत खेती प्रणाली, गुणस्तरीय बिउ र मलको कमी, बजारको समस्या तथा प्राकृतिक विपत्तिजस्ता चुनौतीहरू छन्। सरकारले किसानलाई आवश्यक तालिम, सहुलियत ऋण, आधुनिक कृषि उपकरण, सिँचाइ सुविधा र उचित बजारको व्यवस्था गरेमा उत्पादन धेरै हुन्छ र आम्दानीमा वृद्धि हुने गर्दछ।
अन्त्यमा, कृषि नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो। कृषिको विकास बिना नेपालको दिगो आर्थिक विकास सम्भव हुँदैन । त्यसैले किसानलाई प्रविधियुक्त कृषि गर्न सहयोग गर्नुपर्छ र धेरै उत्पादन गरी आम्दानी वृद्धि गर्न सहयोग गर्नुपर्छ। कृषि उत्पादन बढाएर रोजगारी सिर्जना, आय वृद्धि, उद्योगको विकास र निर्यात प्रवर्द्धन गर्न सके नेपाललाई आर्थिक रूपमा समृद्ध र आत्मनिर्भर बनाउन सकिन्छ।
1 reads
Published on 9/28/2026
Agraj Rijal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Agraj Rijal
Grade 10
Roll No: 2028004
16
More Articles from
Student