खुसी
खुसीको छैन कुनै मोल
मायाको उत्साह छ अनमाेल
पैसाले पाइँदैन खोजेर कतै पाइन्न
प्राप्त भएपछि कतै हराइन्न।
बाडेर सकिँदैन, साँचेर राखिँदैन
मनलाई शान्त राख्न खोजे
कहिल्यै हराउँदैन।
बालबालिकाको मन के छ
अनुहारमा चम्किन्छ
ठुलाहरूको हृदय के छ
कर्ममा देखिन्छ।
खुसी हुनबाट कसैले रोक्दैन
दुखी हुन भने मनले दिँदैन
खुसी हुन समय कुर्नु पर्दैन
खुसी मनले कहिले दुख
दिने काम गर्दैन।
सकारात्मक सोचले सदैव खुसी पार्छ
नकारात्मक विचारले दुखै मात्र दिन्छ ।
प्रफुल्ल मन नै खुसीको मुल आधार
स्वस्थ शरीर खुसी मनको सार
खुसीको कुनै अन्त्य छैन
खुसी पैसाले किन्न मिल्ने
कुरो होइन।
मनलाई खुसी पार्ने काम गरिराखे
आफूलाई फाइदा मात्र हुन्छ
जानेर वा नजानेर गल्ती गरियो भने
दुखी मनले दुख मात्र देख्छ।
सुखी मनले संसार उज्यालिन्छ
आफू खुसी हुँदा अरूको खुसी
कहिल्यै सकिँदैन
अरूको खुसीमा रमाउने मानिस
दुखी कहिल्यै हुँदैन।
मनलाई सधैँ खुसी राखौँ
कहिल्यै दुखी नबनाैँ
सबैको जीवन छोटो छ
खुसी भइ बाँचाैँ ।
0 reads
Published on 11/6/2025
Agraj Rijal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Agraj Rijal
Grade 9
Roll No: 2028004
8
More Articles from
Student