सगरमाथा
सगरमाथा विश्वकै सबैभन्दा ठुलाे र अग्लाे हिमाल हाे । याे हिमाल नेपालकाे साेलुखुम्बु जिल्लामा पर्दछ । याे नेपालकाे उत्तरी भेगमा पर्दछ । याे हिमाल ८,८४८ मिटर अग्लाे छ । यसका वरिपरि अरू अग्ला हिमालहरू छन् । सगरमाथा आराेहण गर्ने कठिन कार्य हाे । सगरमाथा आराेहण गर्ने पहिलाे मानिस तेन्जिङ सेर्पा र एडमन्ड हिलारी हुन् । अहिले सगरमाथा आराेहण गर्ने मानिसकाे सङ्ख्या धेरै पुगिसकेकाे छ । सगरमाथा अञ्चलकाे नाम पनि यसै हिमालबाट राखिएकाे छ । यही निकुञ्जकाे नाम पनि यसै हिमालकाे नामबाट राखिएकाे छ । सगरमाथाले हाम्राे देशलाई विश्वसामु चिनाएकाे छ । सगरमाथा नेपालकाे सान हाे । यसलाई नेपालकाे शिर पनि भनिन्छ । म सगरमाथा भएकाे देशमा जन्मन पाएकाेमा गर्व गर्छु ।
0 reads
Published on 3/12/2021
Agraj Rijal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Agraj Rijal
Grade 4
Roll No: 2028004
8
More Articles from
Student