underline

हाम्रो नेपाल

Underline

Share:

जन्मभूमि नेपालीको हाम्रो देश उच्च

नेपालीको माया भने कहिल्यै नछुट्ने रहेछ

विविध जातका तर एकै माटोबाट निक्ल्याैँ

एउटै मन फरक धर्म भए नि छुटेनौँ ।

बुद्धको ज्ञान, शान्तिकाे सन्देश नेपालमा फैलिन्छ

सुशील आज्ञाकारी सीता हाम्रो मनमा ठहर्छ

संसारको उच्च हिमाल हाम्रो देशमा रहन्छ

प्रकृतिको मूल, सुन्दर देश  नेपालमा फक्रन्छ ।

गोर्खालीको शक्ति हाम्रो पृथ्वीको सोच

तराई पहाड हिमालको छुट्टै दृष्टि हुन्छ

हिमनदी, लेक, ताल सबै दृश्य खुलेकाे

सृष्टिभरि सुन्दरता नै नेपालमा फुलेकाे  ।

माया प्रेमको सुन्दरता संस्कृतिले देखाउँछ

विविध जातका भए नि एउटै मालामा रहन्छ

सुन्दरताको कोष हो यो हामी देशका भक्तवादी

समृद्धि र विकासको नारा भाक्तै मातृभूमि नेपाल  ।

0 reads

Published on 9/3/2024

Image

Aadhyashree Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhyashree Poudyal

Grade 8

Roll No: 29060

12

More Articles from

Student

Underline