नजाउन विदेश
कसरी गरूँ र वर्णन आज मेराे याे स्वदेशनजाउन तिमी पराइ बनी रमाउन विदेशउत्तरमा पहाड शिरमा हिमाल टलल टल्किन्छसंसारकै सुन्दर प्रकृति हाम्राे झलल झल्किन्छ ।गराैँ न श्रम फुलाऔँ न फूल आफनै माटाेमाबढ्ने छ देश अगाडि सधैँ विकासकाे बाटाेमालागन आजै पसिना झारी सिर्जना फुलाउननसाेच अब विदेशमा नै आफूलाई भुलाउन ।तिमीले गरे परिश्रम यहाँ सुन यही फल्दछविश्वकाे सामु हाम्राे याे देश गाैरवले बल्दछफर्केर आऊ परदेशी तिमी आमालाई हँसाउनलाग्दैन बेर सपनाकाे वस्ती सुन्दर बनाउन ।
0 reads
Published on 10/18/2022
Aadhyashree Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhyashree Poudyal
Grade 6
Roll No: 29060
12
More Articles from
Student