पोखराको यात्रा
सानै उमेरदेखि मेरो र मेरी दिदीलाई पोखरा जाने ठूलो रहर थियो भनेर हाम्रो बाबाले दुई वर्ष अगाडि हामीलाई पोखराको यात्रामा लग्नुभयो। हामी बिहानको ९ बजेतिर गाडीमा मेरी दिदी, मामु, बाबा, र म चढ्यौँ, अनि पोखराको लामो यात्रा सुरु गर्याैँ। नेपालको सुन्दर प्रकृतिले सजिएको वनजङ्गलहरु डाँडाकाँडा हेर्दै जाँदा हामीलाई यो यात्रा रमणीय हुन्छ भन्ने लाग्यो। बाटोमा जाँदै गर्दा हामीले अन्य खेलहरू खेल्याैँ र गीत पनि गाउँदै गयौँ । खानाको लागि मेरी आमाले थोरै खानेकुरा बोकिदिनुभएको थियो। मैले र मेरी दिदीले भनेर मामुले हामीलाई चिप्स, चकलेट, र बिस्किट पनि किन्दिनुभएको थियो । राम्ररी खानेकुरा बोकेको भएर हामीलाई गाडीबाट खाना खान ओर्लिनुपरेन। खानाको लागि नओर्लिए पनि शौचालय जान जरुरी पर्छ,त्यसैले हामी कुनै पनि रेस्टुरेन्टहरु देखिहाल्याैँ भने रोकेर गइहाल्थ्याैँ । पानी बोके पनि धेरै गर्मीका कारणले गर्दा म र मेरी दिदीलाई जुस खान मन लाग्यो। त्यसैले म र मेरी दिदीले एकअर्काका लागि भनेर जुस किन्याैँ । रातिको १० बजे हामी पोखरा पुग्यौँ, र त्यहाँ पुगेर हामीले खाना खायौँ र नुहाएर सुत्यौँ । हामी पोखरा आएको दशैँको यात्रा बनाउनुथियो । घरमा टिका नभएकाले हाम्रो आमा र बुबाले पोखरा जाने निर्णय बनाउनुभएको थियो। पोखरा आएको पहिलो दिनमा हामी पोखरामा पर्यटकीयक्षेत्रहरू घुम्न गयौँ। पहिलो दिन हामी हाम्रो बाबाको साथीसँग शान्तिस्तुपा घुम्न गयौँ। त्यसपछि हामी बेगनास्ताल गएर मान्छेहरूले प्याराग्लाइडिङ गरेको हेर्याैँ । मामुलाई पनि प्याराग्लाइडिङ गर्न मन थियो त्यसैले हामीलाइ काककसँग छोडेर मामु र बाबा दुबैले प्याराग्लाइडिङ गर्नुभयो त्यो हेरेर म र मेरी दिदी अझै खुसी भयौँ । काकाको घर पोखरामै भएका कारणले गर्दा हामी उहाँको घरमा खाना खान गयौँ । त्यसपछि हामी ट्याक्सी लिएर डेविस फल हेर्न गयौँ । त्यहाँ धेरै नै पर्यटकहरू थिए । त्यस झरनाको सौन्दर्यता असाध्यै नै राम्रो थियो । हामी पोखरा अझै घुम्यौँ र त्यसपछि साँझ पर्ने बेला हुन आँटेको थियो त्यसैले हामी होटेलतर्फ लाग्यौँ । होटेलको नजिकै असाध्यै नै सानो तर मिठो खालको एउटा रेस्टुरेन्ट गएर हामीले खाना खायौँ । होटेलको कोठामा आएपछि हामी लुगा फेरेर सुत्न गयौँ। अर्को दिन उठ्दाखेरि मामुलाई धेरै सन्चो थिएन त्यसैले हामी होटेलको नजिक पर्यटकीय क्षेत्रहरू गयौँ । फेवाताल गएर हामीले नाउमा घुम्यौँ त्यहाँको प्राकृतिक हावाले गर्दा आमालाई आनन्द भयो। त्यसपछि हामी फेवातालको तालवाराही भन्ने मन्दिर पुग्यौँ। मन्दिरमा गएर हामीले फोटो र भिडियो खिच्यौँ। त्यसपछि हामी चमेराे गुफा जाँदै गर्दा हाम्रो बाबाको साथीसँग भेट भयो। हामीलाई थाहा नभएपनि बाबा र मामुले उहाँहरूसँग भेट्ने कुरा गर्नुभएको रहेछ। हामी सबैजना मिलेर चमेरो गुफा गयौँ । त्यहाँ असाध्यै अँध्यारो थियो,त्यसैले गर्दा हामीले टर्च लिएर त्यहाँ भित्र जानुपर्यो। चमेरोको आवाज र पानी कलकल बगिरहेको सुन्दा हामीलाई रमाइलो लाग्यो। त्यसपछि हामी चमेरो गुफाको छेउको रेस्टुरेन्टमा गएर जुस खायौँ । धेरै गर्मीका कारण जुसले हामीलाई सितल भयो।अर्काे दिन हामी फेवालेक फेरि गएर त्यहाँको बाटो घुम्दै जाँदा हाम्रो आफन्तको लागि उपहार किन्याैँ । होटेल आउँदाखेरि साँझ परिसकेको थियो र मामुलाई गाह्रो भएर सुत्नुभयो। म, दिदी, र बाबा मिलेर बाहिर खान गयौँ । रातिको खाना खाएपछि हामी आ-आफ्नो कोठा गएर सुत्यौँ । अर्को दिन हामी पोखराको राष्ट्रिय हिमाल म्युजियममा गयौँ र त्यहाँभित्र देखाइएका विभिन्न हिमालहरू बारेमा पढ्यौँ त्यो देखेर हामीले न थाहा पाएको हिमालको बारेमा पनि जान्न सक्यौँ । बुबा आमासँग गएर होला हामीलाई अझै रमाइलो र खुसी लाग्यो। यसरी पोखरा घुम्न गएकाले हामीलाई अत्यन्तै खुसी रमाइलो लाग्यो । पोखरा एउटा रमणीय यात्राको रुपमा म र मेरो परिवारले लियाे ।पोखराको प्राकृतिक सौन्दर्यता हेरेर हामीलाई आनन्द भयो। यसरी हामी अझै यात्राहरूमा जानुपर्छ भनेर हामी वर्षको एकचोटी कुनै न कुनै ठाउँ घुम्न जान्छौँ।
0 reads
Published on 2/2/2024
Aadhyashree Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhyashree Poudyal
Grade 7
Roll No: 29060
12
More Articles from
Student