मखमली
मखमली फूल जस्ती नारी, उनको सौन्दर्य मनभित्र छिपिएको
सधैँ रमाइलो गर्ने बानी, सबैलाई खुसी दिने उनको स्वभाव
उनको हाँसो फूलको सुवास जस्तै, मनलाई तुरुन्तै मिठास दिने
उनको बोली बिहानको पंक्षीकाे गीत जस्तै, कानलाई आनन्द दिने ।
उनको आँखा तारा झैँ झिलिमिली चम्किन्छ, मनमा चमक ल्याउने
उनको अनुहार चन्द्रमा झैँ उज्यालो, जसले सबै अँध्यारो हटाउँछ
उनको स्वर मधुर संगीत जस्तो, सुन्दा मन हल्का हुन्छ
उनको चाल हावाजस्तै हल्का, मनलाई रमाइलो बनाउने ।
उनको मन सुन झैँ पवित्र छ, कुनै दाग नभएको आकाशजस्तो
सधैँ सहयोग गर्ने उनको हृदय, सबको लागि खुला रहन्छ
उनले हरेकलाई माया दिन्छिन्, कहिल्यै थाक्दिनन्
उनको मायाले हरेक पीडा बिर्साइदिन्छ, जीवन रमाइलो हुन्छ।
मखमली नारी साँच्चिकै महान् हुन्, जसलाई सबैले चाहन्छन्
उनमा भेटिन्छ माया, आशा र जीवनको शक्ति
सुन्दरता उनको बाहिर मात्रै होइन, भित्र आत्मामा पनि छ
उनको आत्मा उज्यालो दियो झैँ, सबैलाई बाटो देखाउने ।
0 reads
Published on 1/26/2026
Aadhyashree Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhyashree Poudyal
Grade 8
Roll No: 29060
12
More Articles from
Student