मेरी आमा
मेरी आमाको नाम अमृता पौडेल हो । आमा संसार हो । संसारमा सबै कुरा पाइन्छ तर आमा पाइँदैन । मेरी आमा ३५ वर्षकी हुनुभयो । उहाँले मलाई धेरै माया गर्नुहुन्छ । उहाँ अफिसको काम र घरको काम सबै गर्नुहुन्छ । मेरी आमा हाम्रो ढुकढुकी हो । हाम्रो आशा र भरोसा हो । आमाबिनाको परिवार खल्लो हुन्छ । आमाले हामीलाई पढाउनुहुन्छ, खुवाउनुहुन्छ र असल काम गर भन्नुहुन्छ । आमाले हामीलाई नौ महिना कोखमा राखेर जन्मदिनुभयो । मैले केही नभनिकन मेरी आमाले मेरो मनको कुरा थाहा पाउनुहुन्छ । मलाई मेरी आमा धेरै मन पर्छ ।
0 reads
Published on 9/5/2025
Aanvi Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aanvi Sipkhan
Grade 3
Roll No: 35032
7