underline

खानेकुरा

Underline

Share:

खानेकुरा

हामीले खाएका खानेकुराहरूमध्ये कुनै खानेकुराले शरीरको रक्षा गर्छ । कुनै खानेकुराले शक्ति दिन्छ र कुनै खानेकुराले शरीरको वृद्धि गर्छ । हाम्रो शरीरलाई शक्ति दिने खानेकुराहरू अन्न हो । जस्तैः धान गहुँ मकै कोदो, फापर आदि । यसले हाम्रो शरीरलाई लामो समयसम्म टिक्ने शक्ति दिन्छ। शक्ति दिने खानेकुराले हामीलाई खेल्न, हिँड्न, दौडन र पढ्न मदत गर्छ । यस्ता खानेकुराले हाम्रो शरीरलाई काम गर्न सजिलो बनाउँछ । धानबाट चामल र त्यसबाट भात बनाइन्छ । गहुँबाट रोटी बनाइन्छ। मकै पोलेर, भुटेर, उसिनेर खान सकिन्छ। कोदोबाट ढिँडो र रोटी बन्छ । फापरबाट पनि रोटी र ढिँडो बनाउन सकिन्छ। यस्ता खानेकुराले हामी तन्दुरुस्त रहन्छौँ ।

0 reads

Published on 3/13/2026

Image

Aanvi Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aanvi Sipkhan

Grade 3

Roll No: 35032

7

More Articles from

Student

Underline