फूलहरूको साउदीः पुस्तक समीक्षा
फूलहरूको साउती श्रीश भण्डारीद्वारा लिखित एक सचित्र बालकथा हो। बालबालिकाको कलात्मक कल्पना प्रकृति प्रेम सकारात्मक सोच र सामाजिक चेतना जगाउने उद्देश्यले लेखिएको यो पुस्तक सरल रमाइलो र सिकाइले भरिएको छ। इन्टर्नल पब्लिकले प्रकाशित गरेको यस कृतिले बालकहरूलाई प्रकृतिसँग न्यानो सम्बन्ध बनाउन प्रेरित गर्छ।
कथावस्तुः कथाको केन्द्रमा फूलहरू र प्रकृतिबाट आउने साउती वा आवाज छ । कथामा एउटी बालिका प्रकृतिका आवाजहरू सुन्दै फूलहरूको संसारमा प्रवेश गर्छे। फूलहरू बोल्छन्, हाँस्छन्, दुःख सुख बाँड्छन् । तिनीहरूले मित्रता दयालुपन, रिस आफ्नो भूमिका आर्यालाई बुझाउँछन्। कथामा आर्याले थाहा पाउँछे कि प्रकृतिमा जीवन छ । सबै फूलको आफ्नै कथा, सपना,भावना छन्। वातावरण जोगाउनु माया गर्नु र प्रकृतिलाई सम्मान गर्नु मानवीय कर्तव्य हो। कथा रमाइलो संवाद, चित्र र कल्पनाशील दृश्यहरुले अगाडि बढ्छ।
पात्रहरूः कथामा सरल भावना भएकाले पात्रहरू पनि बालमैत्री रूपमा प्रस्तुत छन्। बालिका आर्या मुख्य पात्र जिज्ञासु, संवेदनशील र प्रकृतिको महत्त्व बुझ्ने पत्रका रूपमा देखिन्छे । फूलहरूमा विभिन्न रङ्ग, रूप, स्वभावका पात्रहरूले खुसी व्यक्त गर्छन् । कसैले दुःख, कसैले शान्ति, फूलहरू कथाका शिक्षक पनि हुन् । तिनैबाट मुख्य सिकाइ प्राप्त हुन्छ। वातावरण, हावा, प्रकृति प्रत्यक्ष चरित्र नभए पनि कथाका महत्त्वपूर्ण पृष्ठभूमि पात्र जस्तैः फूलहरूको साउती हावाबाट सुनिन्छ । जसले कथामा मिठास ल्याउँछ।
कथामा लेखकले सरल भाषामा बालबालिकालाई मार्गदर्शन गरेको छ।
निष्कर्षः कथाको अन्त्यमा आर्याले बुझ्छिन् प्रकृति बोल्छ र त्यसलाई सुन्ने मन चाहिन्छ । फूलहरूलाई हेर्ने मात्र होइन सम्झिन र सम्हाल्न पनि आवश्यक छ। मित्रता, मेलमिलाप करुणा, वातावरण संरक्षण जीवनका प्रमुख मूल्य हुन् । प्रकृतिसँगको सम्बन्धले मनलाई शान्ति, दयालु, सिर्जनशील बनाउँछ । समग्रमा फूलहरूको साउती बालकहरूलाई प्रकृतिप्रेमसँग जोड्ने बालकथा हो।
4 reads
Published on 10/6/2026
Aanvi Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aanvi Sipkhan
Grade 4
Roll No: 35032
9
More Articles from
Student