तिहार
तिहार हामी नेपालीहरूको दसैँपछिको महान चाड हो । यो चाड हामी पाँच दिनसम्म मनाउँछौँ । त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । काग तिहार, कुकुर तिहार, गाई पूजा, गोरु तिहार, भाइ टीका गरी जम्मा पाँच दिन तिहार मनाइन्छ । पहिलो दिन काग तिहार मानिसहरूले कागको पूजा गर्छन् । दोस्रो दिन कुकुरतिहार हो । यस दिन मानिसहरूले कुकुरको निधारमा टीका र घाँटीमा माला लगाएर खाना खुवाउँछन्। तेस्रो दिन लक्ष्मी पूजामा मानिसहरूले लक्ष्मीको पूजा गर्छन् र घर आँगन कोठा सबै ठाउँमा राम्रोसँग सफा अनि उज्यालो पारिन्छ । सफा र उज्यालो ठाउँमा मातालक्ष्मीको बास हुन्छ । झिलिमिली बत्ती बालिन्छ। चौथो दिन गोरुको पूजा गरिन्छ । तिहारको अन्तिम दिन भाइटीका हो । यस दिन विशेष गरेर दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै एकअर्कालाई टीका माला लगाएर पूजा गर्छन् । एकअर्कालाई उपहार फलफूल मिठाई सेल रोटी दिन्छन् । दाजुभाइले दिदीबहिनीलाई पैसा र आशीर्वाद दिन्छन् । तिहारको बेलामा देउसी भैलो खेल्ने चलन पनि रहेको छ । यसरी हामी हिन्दुहरूले तिहार मनाउँछौँ ।
0 reads
Published on 11/16/2024
Prarabdhi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prarabdhi Adhikari
Grade 2
Roll No: 35017
7