underline

मेरो जाडोको बिदा

Underline

Share:

मेरो जाडोको बिदा

मेरो जाडोको बिदा नौ दिनसम्म मात्रै थियो। दुई दिनमा घरमै बसेँ त्यसपछि म फनपार्क खाजाघर नगरकोट आदि ठाउँहरू घुमे। त्यो घुम्ने क्रममा मैले धेरै कुराहरू सिक्ने र देख्ने मौका पाएँ। जाडोको बिदा नजिकिदै गर्दा म निकै खुसी थिएँ किनभने मेरो जाडो बिदामा नयाँ नयाँ कार्यक्रमहरू बन्दै थिएँ । मेरो जाडोको बिदामा मागे सङ्क्रान्ति पनि परेको थियो । त्यसदिन मैले मेरो घरमा टीका लगाएँ अनि म आमा र बुबासँग मामाघर गएँ । माघे सङ्क्रान्तिमा घिउ चाकु तरुल खाने दिन हो। त्यसदिन मैले पनि घिउ चाकु र तरुल मेरो परिवारसँग बसेर खाएँ। मेरो जाडोको बिदामा स्कुलको गृहकार्य पनि थियो। मैले मेरो साथीहरूसँग खेल्दै मेरा गृहकार्यहरू सकाउँदै जाडो बिदालाई अन्त्य गरेँ । यसरी मेरो जाडोको बिदा बित्यो ।

3 reads

Published on 2/17/2026

Image

Prarabdhi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prarabdhi Adhikari

Grade 3

Roll No: 35017

8

More Articles from

Student

Underline