मेरो नयाँ घर
मेरो नाम सर्वाणी मानन्धर हाे । मेरो नयाँ घर काठमाडौँको चपलीमा छ । त्यहाँ धेरै गाईहरू देखिन्छन् । बिहान घाम लागेको बेलामा मानिसहरूले चाैरमा गाई चराउँछन् । त्यहाँ साइकल खेल्नको लागि पनि ठुलो ठाउँ छ । त्यहाँका धेरै साथी र छिमेकीहरू मिलननसार छन् । मेरो नयाँ घर सिमेन्ट र बालुवाबाट बनेको छ । मेरो नयाँ घरबाट पहाडहरू देखिन्छन् । मेरो नयाँ घर वरपरका बारीहरूमा धेरै तरकारीहरू लगाएको छ । बाटो छेउमा एउटा सानो मन्दिर पनि छ । त्यहाँ पसलहरू पनि छन् । घरबाट छोटो दूरीमा एउटा ठूलो र राम्रो पार्क छ । त्यहाँ धेरै घर छैनन् ।
0 reads
Published on 3/2/2022
Sarvani Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarvani Manandhar
Grade 2
Roll No: 32016
21
More Articles from
Student