underline

पदयात्रा

Underline

Share:

हामी स्कुलबाट साथीहरूसँग र मेरा शिक्षकहरूसँग पदयात्रा (हाइकिङ) गएका थियाैँ । हामी कपनदेखि फुलारी गुम्बा सम्म हिँड्यौँ । त्यो तीन घण्टाको यात्रा थियो । त्यसपछि हामी एउटा पार्कमा पुग्यौँ। त्यो पार्कमा हामीले थरीथरीका खानेकुरा खायौँ । हामीले खानेकुरा बाँडीचुँडी खायौँ । त्यहाँ बाँदरहरू आए । त्यहाँ एउटा ठाउँमा गएर हामी सबैजनाले फोटो खिच्यौँ । हामी उकालो चढ्यौँ। उकालो चढ्दा मलाई थकाइ लाग्यो । हामी साथीहरूसँगै चन्दा, नेम्जला, बिन्दु गुरुआमा र राजन सर गएका थियौँ । फर्कने बेलामा हामी बसमा चढ्यौँ । बसमा गीत बज्यो । आभूषण र अरू पनि साथीहरू नाचे । म एकछिन सुतेँ । हामी स्कुल पुग्यौँ । त्यसपछि हामीले मःम खाएर सबैजना आआफ्नो घर गयौँ ।

0 reads

Published on 6/18/2025

Image

Manushi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Manushi Pradhan

Grade 2

Roll No: 36018

15

More Articles from

Student

Underline