खेलकुद
खेलकुद
हाम्रो शरीरलाई तन्दुरुस्त राख्न गरिने क्रियाकलापहरूमध्ये खेलकुद पनि एक हो । सामान्यतया खेलकुद खेल्ने र कुद्ने काम हो । पहिले मानिसहरूले व्यायाम र मनोरञ्जनका लागि मात्र खेल खेल्थे । आजभोलि व्यवसाय र प्रतिस्पर्धाका रूपमा पनि खेल खेलिन्छ । यसबाट हाम्रो शरीर तन्दुरुस्त हुन्छ । मन शान्त र स्वस्थ रहन्छ। खेलकुदले अनुशासनमा रहन मद्दत गर्छ । खेल घरभित्र र बाहिर दुवै ठाउँमा खेलिन्छ । चेस, लुडाे, क्यारेमबाेर्डजस्ता खेल घरभित्र खेलिने खेल हुन् । फुटबल, क्रिकेट, भलिबल, ब्याटमिन्टन, बास्केटबलजस्ता खेलहरू घरबाहिर खेलिने खेल हुन् । खेल खेल्नाले बुद्धि विवेक बढ्नुका साथै स्फूर्ति पनि बढ्दछ । विद्यार्थीका लागि पढाइ लेखाइका साथसाथै खेलकुद पनिकाे पनि धेरै महत्त्व छ ।
0 reads
Published on 9/11/2026
Aarav Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarav Shrestha
Grade 5
Roll No: 34002
19
More Articles from
Student

