पदयात्रा
पदयात्रा
हामी पुस ११ गते शुक्रबारको दिन पदयात्राको लागि तयार भयौँ । खाना खायौँ अनि लाइन बनाएर सबिन सर, बिन्दु गुरुआमा, सरिना गुरुआमा र ह्याङ्किङ गुरुआमासँग गयौँ। बसमा चढ्यौँ अनि बसमा कुराकानी गर्याैँ । गीत र मन्त्रहरू गायौँ। हामी तारेभिर पुग्यौँ। हिँड्न थाल्याैँ र हिँड्दा हिँड्दै मेरा केही साथीहरु थाकेँ । म भने थाकिनँ । हामीले ठुलाठुला ढुङ्गाहरू देख्यौँ । एउटा ढुङ्गा त कति ठुलो थियो । अनि अलि पर बसेर हामीले आफ्नो खाजा खायौँ । फोटो खिच्यौँ अनि हामी फर्किएर बसमा चढ्यौँ। केही समयमा हामी पुन स्कुल पुग्यौँ । मलाई यो पदयात्रा रमाइलो लाग्यो।
0 reads
Published on 7/23/2026
Ojaswi Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ojaswi Kunwar
Grade 4
Roll No: 35015
14
More Articles from
Student