मेरो एक दिनको दैनिकी
मेरो एक दिनको दैनिकी
मिति २०८३ / १ / १० गते बिहीबार म बिहान ६ बजे उठेँ। पानी पिएँ अनि शौचालय गएँ। त्यसपछि खाजा खाएँ । मैले एकछिन खेलेँ । ९ बजे मैले लुगा फेरेर मेरा मामु, बाबा र बहिनीसँग ट्याक्सीमा चढेँ । त्यसपछि बाटोमा हामीले गीत गायौँ । एक घण्टापछि हामी साँखु पुग्यौँ । त्यहाँको रिसोर्टमा ठुलो चौर थियो । त्यहाँ धेरै सुन्दर फूलहरू थिए । थरीथरीका फूल देखेर हामी धेरै खुसी भयौँ । हामी त्यहाँको बगैँचामा डुल्यौँ । सबैले खाना खायौँ र फोटो खिच्यौँ । चौरमा म र बहिनी खेल्यौँ । त्यसपछि हामी ट्याक्सी चढेर सालीनदी पुग्यौँ। त्यहाँ पनि वरिपरि डुल्यौँ र बेलुका हामी घरमा पुगेपछि खाना खाएर आराम गर्याैँ । राति थकाइ लागेकोले म छिटै ९:३० बजे सुतेँ। त्यो दिन मलाई धेरै रमाइलो भयो।
4 reads
Published on 6/19/2026
Ojaswi Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ojaswi Kunwar
Grade 4
Roll No: 35015
12
More Articles from
Student