मेरो परिवार
मेरो परिवारमा हजुरबुबा, हजुरआमा, बुबाआमा, म र मेरी बहिनी छौँ । मेरो हजुरबुबाको नाम दिलबहादुर कुँवर हो । मेरी हजुरआमाको नाम शोभादेवी कुँवर हो। मेरो बुबाको नाम ज्ञानेन्द्र बहादुर कुँवर हो । मेरी बहिनीको नाम आश्वी कुँवर हो । मेरो परिवार सानो र सुखी छ । हामी सबै सँगै बसेर खाना खान्छौँ । शनिवार कहिलेकाहीँ हामी सबैजना घुम्न जान्छौँ । मेरा हजुरबुबा र हजुरआमाले हामीलाई धेरै माया गर्नुहुन्छ । मेरा बुबाआमाले हजुरबुबा र हजुरआमालाई आदर सम्मान र म अनि मेरी बहिनीलाई धेरै माया गर्नुहुन्छ । मेरो बुबा पेसाले वकिल हुनुहुन्छ । मेरी आमा गृहिणी हुनुहुन्छ । उहाँले सबैको हेरविचार गर्नुहुन्छ । मलाई मेरो परिवार धेरै मन पर्छ । म मेरो परिवारलाई धेरै माया गर्छु ।
0 reads
Published on 8/28/2024
Ojaswi Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ojaswi Kunwar
Grade 2
Roll No: 35015
11
More Articles from
Student