मेरो जाडो बिदा
मेरो जाडो बिदा पुस महिनाको २६ गतेबाट सुरु भएको थियो । मैले स्कुलमा हुने हिउँदे शिविरमा भाग लिने निर्णय गरेँ। यो मेरो हिउँदे शिविरमा भाग लिएको तेस्रो पटक हो। पहिलो दिनमा हाम्रो पदयात्राको कार्यक्रम थियो । त्यसैले पदयात्राको लागि हामी स्कुलबाट बसमा चढेर भक्तपुर कटुन्जेमा ओर्लियाैँ। अनि त्यहाँबाट हामी हिँड्न थाल्यौँ । एकैछिन फोटो खिच्यौँ । हाम्रो पदयात्रा चाहिँ कटुन्जे देखि महादेव स्थानसम्मको थियो। केहीबेर हिँडेपछि हामी एउटा मन्दिर छेउमा नाच्यौँ । एकछिन विश्राम गरेर खाजा खायौँ। खाजा मिठो थियो । खाजामा हामीले दालमोठ, फलफूल, दुनाेट र जुस जस्ता खानेकुराहरू खायौँ । त्यो दिन मैले नयाँ साथीहरू पनि बनाएँ । त्यो दिन साह्रै रमाइलो भयो । अरू दिनहरूमा हामीले चित्रकला, नाटक, नाचगान र योग जस्ता रमाइला कुरा गर्यौँ। पाँचौँ दिनमा हामीले प्यानकेक र पिज्जा पकाउन सिक्यौँ । सातौँ दिनमा हामीले विभिन्न किसिमका फूलहरू रोप्यौँ । दिनभरि रमाइलो भयो। बेलुका हाम्रो हिउँदे शिविरको समापन कार्यक्रम थियो। उक्त कार्यक्रममा सम्पूर्ण अभिभावकलाई बोलाइएको थियो । मेरो बुबा, आमा, बहिनी र फुपू आउनुभएको थियो। हामीले आफ्नो नाच, गीत, चित्रकला र नाटक प्रस्तुत गर्याैँ । बेलुका हामीले आगो वरिपरि बसेर समोसा, सुप र आलु खायौँ । म त्यो दिन विद्यालयमै सुतेँ। राति हामीलाई रमाइलो गयाे । भोलिपल्ट हामी छिट्टै उठ्यौँ । अनि हात मुख धोएर खाजा खायौं। त्यसपछि म आफूले रोपेको फूल लिएर बुबासँग घर गएँ। मलाई यो जाडो बिदा साह्रै रमाइलो लाग्यो।
0 reads
Published on 5/15/2026
Ojaswi Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ojaswi Kunwar
Grade 4
Roll No: 35015
11
More Articles from
Student