underline

सानो बाबासँगको भेटघाट

Underline

Share:

मेरो सानोबाबाको नाम नवीन रेग्मी हो । मेरो सानो बाबा अस्ट्रेलियाको क्यान्बेरा सहरमा बस्नुहुन्छ । मेरो सानोबाबा चार वर्षपछि असोज २९ गते नेपाल आउनुभएको थियो । सानोबाबा आउँदा रातिको ११ बजेको थियो । चार वर्षपछि भेट्न पाउँदा म एकदमै खुसी थिए । सानोबाबा आएपछि हामीले एकछिन कुराकानी गर्‍याैँ । सानोबाबा पहिलेभन्दा मैले फरक पाएँ । अलिकति मोटो अनि अलिअलि अग्लो जस्तो लाग्यो । भोलिपल्ट म सानोबाबासँग घुम्न गएँ । घर आएपछि मिलेर उपहार खोल्यौँ । सानोबाबाले मलाई लुगा, हेडफोन, चकलेट र जुत्ता ल्याइदिनुभएको थियो । सानोबाबाले म लगायत घरका सबैजनालाई उपहार दिनुभयो । चार वर्षपछि दसैँ एकैसाथ मिलीजुली मनायौँ । धेरै वर्षपछि एकैसाथ बस्न पाउँदा मलाई रमाइलो भएको थियो तर दसैँ सकिएपछि सानोबाबा फेरि अस्ट्रेलिया फर्किनुभयो । मैले मेरो सानो बाबालाई धेरैभन्दा धेरै नै सम्झिएँ ।

0 reads

Published on 2/2/2024

Image

Cyra Regmi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Cyra Regmi

Grade 3

Roll No: 33028

12

More Articles from

Student

Underline