पानीको महत्त्व
मानिसको जीवनमा पानीको धेरै महत्त्व छ । पानीबिना हामी बाँच्न सक्दैनौँ । पानीको महत्त्व हामी मानिसलाई मात्र नभएर बिरुवा जनावरलाई पनि उत्तिकै छ। पानीका स्रोतहरू हिमाल, खोला, धारा, ताल, नदी आदि हुन् । पानीको प्रयोग हामी पिउन, लुगा धुन, घर सफा गर्न, हात धुन, नुहाउन आदि काममा प्रयोग गर्छौँ । हामीले निरोगी हुनका लागि उमालेको धेरै पानीको प्रयोग गर्नुपर्छ। फोहोर पानीको प्रयोगले हामीलाई विभिन्न किसिमका रोगहरू लाग्दछन् जस्तैः टाइफाइड, जन्डिस, झाडापखाला आदि रोगहरू त्यसैले हामी सबै मिलेर पानीका स्रोतहरू सफा राख्नुपर्छ। पानीकाे स्वाद हुँदैन । शरीरको सरसफाई गर्न, तिर्खा मेटाउन पानीको प्रयोग भइरहेको हुन्छ । मानिसले आफ्नो आवश्यकता अनुसार तातो र चिसो पानी विभिन्न तापक्रममा राखेर प्रयोग गर्दछन् ।
0 reads
Published on 3/19/2024
Cyra Regmi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Cyra Regmi
Grade 3
Roll No: 33028
12
More Articles from
Student